Main News

धादिङमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, सात जना घाइते

हिमालय टिभी
२०७८ कार्तिक १७ गते १०:२१
धादिङमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, सात जना घाइते

१७ कात्तिक २०७८ धादिङ । धादिङको धुनिवेशी नगरपालिका–१ मा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ७ घाइते भएका छन्।

गएराति कोल्पुबाट ककरेतर्फ जाँदै गरेको बा ४ ख ५८४८ नम्बरको मिनी ट्रक अनियन्त्रित भएर पल्टिँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय ५५ वर्षीया साइँली तामाङ र ५५ वर्षीय रुमाल तामाङ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका दुवैको उपचारको क्रममा काठमाडौंको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाका घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *