Political Hightlights

राष्ट्रियसभा उपनिर्वाचनमा पाँच दलीय गठबन्धन मिलेर चुनाव लड्ने सहमति : प्रचण्ड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १३ गते १४:०३
राष्ट्रियसभा उपनिर्वाचनमा पाँच दलीय गठबन्धन मिलेर चुनाव लड्ने सहमति : प्रचण्ड (भिडियो रिपोर्टसहित)

१३ कात्तिक २०७८ धनुषा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभाको उपनिर्वाचनमा पाँच दलीय गठबन्धनकै आधारमा चुनाव लडने सहमति भएको बताउनुभएको छ ।

जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग प्रचण्डले गठनबन्धनभित्र कुनै पनि विवाद नरहेकोमा विश्वस्त हुन आग्रह गर्दै आगामी चुनावसम्म गठबन्धन कायम रहने बताउनुभयो ।

प्रचण्डले अर्ली इलेक्सनको कुनै सम्भावना नरहेको बताउनुभयो ।

प्रचण्डले न्यायालयको विवाददका विषयमा छिट्टै गठबन्धन आवद्ध दलका शीर्ष नेताहरु काठमाडौंमा बसेर साझा धारणा ल्याउने जानकारी दिनुभयो ।

प्रतिपक्षीको विरोध जारी रहे नागरिकता, रेल्वे सहितका अति महत्वपूर्ण विषयहरुका विषयमा अध्यादेशबाटै भए पनि विधेयक ल्याएर अगाडि बढने सहमति भएको प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्