ओली प्रवृत्ति निरंकुश प्रतिगमनकारी भएको प्रचण्डको आरोप (भिडियो रिपोर्टसहित)
१२ कात्तिक २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली प्रवृत्तिलाई निरंकुश प्रतिगमनकारीको संज्ञा दिनुभएको छ ।
चितवनमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले ओली प्रवृत्ति नेपाल र नेपाली जनताका लागि घातक हो भन्ने कुरा स्थापित भएको बताउनुभयो । यही प्रवृत्तिका कारण ओली बालुवाटारबाट बालकोट जानुपरेको उहाँको भनाइ थियो ।
चितवनमा १० औँ महाधिवेशन गर्न लागेको नेकपा एमालेविरुद्ध आक्रामक भएका अध्यक्ष प्रचण्डले केपी ओलीले मानसिक रुपले हारिसकेको दाबी गर्नुभयो ।
आफूलाई नै निशाना बनाएर ओलीले चितवनमा महाधिवेशन गर्न लागेको उहाँको भनाइ थियो ।
एमालेले चितवनमा महाधिवेशन गर्दा आफुलाई फाइदा नै भएको अध्यक्ष प्रचण्डले उल्लेख गर्नुभयो । उहाँले चितवन राजनीतिक कुरुक्षेत्र बन्दै गएको पनि बताउनुभयो ।
प्रतिक्रिया