Main News

गाउँहरु सहरउन्मुख हुने क्रम बढ्यो तर वास्तविक सहर किन बन्न सकेन ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १० गते १४:२३
गाउँहरु सहरउन्मुख हुने क्रम बढ्यो तर वास्तविक सहर किन बन्न सकेन ? (भिडियो रिपोर्टसहित)

१० कात्तिक २०७८ काठमाडौं । जनघनत्व र पूर्वाधारको विकासक्रमले देशभर सहरको संख्या थपिँदै गएको छ । शासकीय स्वरुप परिवर्तनसँगै गाउँहरु सहरउन्मुख हुने क्रम झनै बढेको छ । तर यसरी सहर उन्मुख ठाउँहरु अस्तव्यस्तताले वास्तविक सहर भने बन्न सकेका छैनन् ।

काठमाडौं शहर हेर्दा लाग्छ रहर । हेर्दा रहर लाग्ने सहरमा बसेकाहरुलाई, काठमाडौं सहर सहर जस्तो लाग्दैन ।

सहर त, सफा हुनुपर्ने हो । त्यसैले पनि गाउँबाट सहर आएकाहरुलाई सहर, सहर जस्तो लाग्दैन ।

अहिले देशभर २५ वटाभन्दा बढी सहर अर्थात सहरी क्षेत्र छन् । सहर बन्न, १ लाख भन्दा बढी जनसंख्या, पूर्वाधार विकास, स्वास्थ्य शिक्षा, सम्पदा संरक्षण लगायतका विशेषता चाहिन्छन् ।

सहरमा चिल्ला सडक बने, तर चिल्ला सडक खाल्डाखुल्डी रहित हुन सकेनन् । सहरमा ढल निकासा गरिएको छ, तर खोलानाला कुरुप छन् । सहरमा संरचनाहरु छन् तर ती संरचना संरक्षित छैनन् । यस्ता विभिन्न कारणले नेपालका सहरहरु, कुरुप र अव्यवस्थित भएको तर्क विज्ञको छ ।

यो अव्यवस्थित सहरलाई व्यवस्थित बनाउन सकिँदैन ? सहर समृद्धिको सूचक पनि हो । सहर उपचार गराउन, पढ्न, भविष्य बनाउनेहरुको थलो हो । व्यापारिक केन्द्र हो । राजगारीको अवसर पाउने ठाउँ हो । सहरलाई व्यवस्थित बनाउन राज्यले गुरुयोजना बनाएर लागि पर्नुको विकल्प छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *