Political Hightlights

प्रधानन्यायाधीश विवादबारे सत्ता गठबन्धनले चाँडै धारणा सार्वजनिक गर्छः अध्यक्ष प्रचण्ड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ९ गते १९:०७
प्रधानन्यायाधीश विवादबारे सत्ता गठबन्धनले चाँडै धारणा सार्वजनिक गर्छः अध्यक्ष प्रचण्ड (भिडियो रिपोर्टसहित)

९ कात्तिक २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विवादमा सत्ता गठबन्धन दलभित्र छलफल गरेर चाँडै आधिकारिक धारणा सार्वजनिक गर्ने बताउनु भएको छ ।

चितवनको भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्ड जबराविरुद्ध महाअभियोग लगाउनेबारे कही कतै छलफल नभएको स्पष्ट गर्नुभयो ।

अध्यक्ष प्रचण्डले न्यायलयभित्रको विवाद न्याय क्षेत्रबाट छिट्टै समाधान हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले न्यायालयमा कहिँकतैबाट आँच आउन नहुने बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *