Main News

मंसिर १ गतेबाट लागू हुने गरी विद्युत महशुल घट्ने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ९ गते १८:३२
मंसिर १ गतेबाट लागू हुने गरी विद्युत महशुल घट्ने (भिडियो रिपोर्टसहित)

९ कात्तिक २०७८ काठमाडौं । सरकारले यही मंसिर १ गतेबाट लागू हुने गरी विद्युत महशुल घटाउने भएको छ ।

विद्युत नियमन आयोगको हिजो साँझ बसेको बैठकले मासिक २० युटिनसम्मको खपत निः शुल्क बनाउने निर्णय गरेको हो ।

काठमाडौंमा आज आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले मंसिर १ गतेबाट लागू हुने विद्युत महशुल दर घटाउने निर्णय गरिएको जानकारी दिनुभयो ।

यसअघि प्रतियुनिट १२ रुपैयाँ रहेको शुल्कमा १ रुपैयाँ घटाएर ११ रुपैयाँ बनाइएको छ ।

आयोगले पछिल्लो पटक गरेको विद्युत् महशुल निर्धारणमा यसअघि मासिक १० युनिटसम्म खपत गर्ने घरायसी ग्राहकलाई निः शुल्क विद्युत् दिनुपर्ने व्यवस्था गरेको थियो । सो व्यवस्थालाई १० युनिट थप गर्दै २० युनिट पुर्‍याइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *