Main News

काठमाडौं आइपुग्यो अमेरिकाले अनुदानमा दिएको एक लाख डोज खोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ८ गते १४:५२
काठमाडौं आइपुग्यो अमेरिकाले अनुदानमा दिएको एक लाख डोज खोप (भिडियो रिपोर्टसहित)

८ कात्तिक २०७८ काठमाडौं । अमेरिकाले अनुदानस्वरुप उपलव्ध गराएको एक लाख डोज कोरोनाविरुद्धको खोप स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) नेपालका निर्देशक सेपिडे केभान्सशाडले मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई सो खोप हस्तान्तरण गर्नु भएको हो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. पोखरेलले अमेरिकाले एक लाखभन्दा बढी मात्राको कोभिडविरुद्धको फाइजर खोप उपलब्ध गराएकोमा आभार व्यक्त गर्नु भएको थियो ।

यो खोप शुरुमा १२ देखि १८ वर्ष उमेर समूहका दीर्घरोगीलाई लगाइनेछ । अनुदान सहायता स्वरुप युनिसेफमार्फत् खरिद गरी टेकूस्थित स्वास्थ्य सेवा विभागमा राखिएका चार थान अत्यन्त न्यून तापक्रमका फ्रिजरमा सो खोप भण्डारण गरिनेछ ।

अमेरिकाले यसअघि नेपाललाई असारमा एक डोज मात्र लगाए पुग्ने १५ लाख ३० हजार मात्राको जोन्सन एण्ड जोन्सन खोप पनि अनुदान स्वरुप उपलब्ध गराइएको थियो ।

त्यसैगरी अमेरिकाले करिव १२ करोड २० लाख डलरभन्दा बढीको स्वास्थ्य सुरक्षा सामग्री नेपाललाई उपलब्ध गराइसकेको पनि कार्यक्रममा जानकारी गराइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *