Main News
धादिङमा गुडिरहेको बसमा आगलागी
२०७८ कार्तिक ७ गते ७:२८

७ कात्तिक २०७८ धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरी बजारमा गुडिरहेको बसमा आगलागी भएको छ ।
सुर्खेतबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रुवाहक बसमा गएराति आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट बसमा पूर्णरुपमा क्षति पुगेको छ ।
इन्जिनबाट धुँवा निस्किने बित्तिकै बस रोकेर यात्रुहरु बाहिर निकालेका कारण कुनै मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ । बसमा ३६ जना यात्रु रहेका थिए ।
बसमा आगो लाग्नुको कारण यकिन नभए पनि वायरिङमा सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।
स्थानीय तथा प्रहरी मिलेर आगो नियन्त्रणमा लिएका छन् । आगो नियन्त्रणपछि मात्र दमकल घटनास्थल पुगेको थियो ।
प्रतिक्रिया