Main News

सुर्खेतको कट्कुवा सामुदायिक वनमा बम विस्फोट हुँदा दुई जना घाइते

हिमालय टिभी
२०७८ कार्तिक ६ गते १५:२३
सुर्खेतको कट्कुवा सामुदायिक वनमा बम विस्फोट हुँदा दुई जना घाइते

६ कात्तिक २०७८ सुर्खेत । सुर्खेतमा बेवारिसे अवस्थामा छाडिएको बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।

वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ७ कटकुवा सामुदायिक वनमा घाँस दाउरा संकलन गर्ने क्रममा बेवारिसे बम विस्फोट हुँदा दुई जना घाइते भएका हुन् ।

वीरेन्द्रनगरका १४ वर्षीय नरेश नेपाली र गुराँस गाउँपालिका वडा नम्बर ६ दैलेखका २१ वर्षीय लिला परियार घाइते भएको प्रहरीले जनाएको छ ।

नेपाली सेनाले केही समय पहिले कटकुवा क्षेत्रमा अस्थायी तालिम सञ्चालन गरेकाले त्यस क्रममा बम छुटेको हुनसक्ने स्थानीय बासिन्दाको आशंका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *