Main News

विपदको सामना गर्न अन्तर्राष्ट्रिय समुदायलाई लिएर हिँड्नु चुनौतिपूर्णः गृहमन्त्री खाँण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ५ गते १६:३१
विपदको सामना गर्न अन्तर्राष्ट्रिय समुदायलाई लिएर हिँड्नु चुनौतिपूर्णः गृहमन्त्री खाँण (भिडियो रिपोर्टसहित)

५ कात्तिक २०७८ काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपालको प्राकृतिक विपत्तिहरुको सामना गर्न अन्तर्राष्ट्रिय समुदायलाई पनि सँगै लिएर हिड्नुपर्ने चुनौती रहेको बताउनुभएको छ ।

काठमाडौंमा आज प्रकोप जोखिम न्यूनिकरणका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री खाँणले नेपालमा प्रकोप व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय समुदायलाई पनि सँगै लैजानुपर्ने चुनौती आफुहरुको काँधमा आएको बताउनुभयो ।

गृहमन्त्री खाँणले विपत व्यवस्थापनका लागि सरकारले आफ्नो सम्पूर्ण संयन्त्रहरु परिचालन गरिरहेको पनि बताउनुभयो । सबै नेपाली एकजुट भएर विपदको सामना गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

गृहमन्त्री खाँणले प्राकृतिक विपत्तिबाट सर्वप्रथम नदीलाई बचाउनुपर्ने र पानी रक्षा गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *