Main News

धुलिखेल पुगेर प्रचण्ड जिपलाइनमा सररर… (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ५ गते १५:२०
धुलिखेल पुगेर प्रचण्ड जिपलाइनमा सररर…  (भिडियो रिपोर्टसहित)

५ कात्तिक २०७८ काभ्रेपलाञ्चोक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धुलिखेल पुगेर जिपलाइन खेलको अनुभव लिनुभएको छ ।

पारिवारिक भ्रमणका क्रममा नाति नातिनीसहित धुलिखेल पुग्नुभएका उहाँले आफैँले क्लासिक जिपलाइनको अनुभव लिनुभएको हो । साहासिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफूले जिपलाइनको मज्जा लिएको बताउनुभयो ।

पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको उहाँको भनाइ छ । सिन्धुपाल्चोकका केदार थापा र काठमाडौंका भूपेश श्रेष्ठले वर्ल्ड वाइड एड्भेन्चर प्रा. लि. मार्फत् धुलिखेल जिप लाइन, रिसोर्ट र एडभेन्चर पार्क सञ्चालनमा ल्याउनुभएको थियो ।

जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्याण्डिङ स्टेसन (खावा, पाँच खाल) सम्मको जिपलाइन दूरी ११ सय मिटर रहेको छ । भर्टिकल ड्रप दुई सय ४० फिट रहेको जिपलाइन ७० किलोमिटर प्रति घण्टाको औसत गतिमा पार हुन्छ ।

काठमाडौंबाट करिव ३५ किलोमीटर दूरीमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यावसायिक रुपमा शुरु भएको हो । धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जिप लाइनको ल्याण्डिङ स्टेसन छ ।

क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरी ३ प्रकारका जिपलाइन खेल्न पाइन्छ । खावास्थित ‘ल्याण्डिङ स्टेसन’मा ८ फरक एडभेन्चर कोर्ससहित एडभेन्चर पार्क छन् । त्यहाँबाट लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायताका हिमाल समेत अवलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *