Main News

दाहाल र आचार्यलाई पद्मश्री पुरस्कार र सम्मान, प्रतिष्ठानद्वारा नयाँ सम्मान घोषणा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ३ गते १७:५६
दाहाल र आचार्यलाई पद्मश्री पुरस्कार र सम्मान, प्रतिष्ठानद्वारा नयाँ सम्मान घोषणा (भिडियो रिपोर्टसहित)

३ कात्तिक २०७८ काठमाडौं । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७७ सालको पद्मश्री साहित्य पुरस्कार केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ लाई प्रदान गरेको छ ।

पद्मश्री साधना सम्मान गायक तथा सङ्गीतकार भजन शिरोमणि भक्तराज आचार्यलाई प्रदान गरिएको छ । पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान दुवैको राशी तीन–तीन लाख छ । काठमाडौंमा एक कार्यक्रमकाबीच दाहाल र आचार्यलाई पुरस्कार प्रदान गरिएको हो ।

२०६३ सालदेखि प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहराएको पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार र वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान प्रदान गर्दै आएको छ ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले आगामी वर्षदेखि सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने एक जनालाई पद्मश्री समाज सम्मान प्रदान गर्ने घोषणासमेत गर्नु भएको छ।

प्रतिष्ठानले आगामी वर्षको पुरस्कार र सम्मानका लागि कृति र श्रष्टा चयन गर्न निर्णायक मण्डल घोषणा गरेको छ । निर्णायक मण्डलमा समालोचक राम लोहनी, नयनराज पाण्डे र कुमारी लामा रहनु भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *