Main News

विश्व हात धुने दिवस नेपालमा पनि मनाइँदै

हिमालय टिभी
२०७८ असोज २९ गते १०:११
विश्व हात धुने दिवस नेपालमा पनि मनाइँदै

२९ असोज २०७८ काठमाडौं । ‘हाम्रो भविष्य हाम्रै हातमा छ, हामी सबै एक साथ अगाडि बढौँ’ भन्ने नाराका साथ आज विश्व हात धुने दिवस मनाइँदैछ ।

सन् २००८ को अक्टोबर १५ तारिखदेखि नेपालमा यो दिवस मनाउन शुरु गरिएको हो । आम जनमानसमा व्यक्तिगत सरसफाई तथा स्वच्छतासम्बन्धी चेतना फैलाउन हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ र स्वस्थ जीवनका लागि हात धुन सबैलाई अनुराधे गर्नुभएको छ ।

विश्व हात धुने दिवसको अवसरमा शुभकामना दिँदै उहाँले हातको स्वच्छतासम्बन्धी व्यवहारको विकास गरी सबै नागरिकको जीवनलाई स्वच्छ, स्वस्थ र मर्यादित बनाउन अनुरोध गर्नुभएको हो ।

उहाँले विश्वव्यापी महामारीको रूपमा देखा परेको कोरोना भाइरससमेतको सङ्क्रमणबाट बच्ने प्राथमिक उपायमध्ये हातको सरसफाइ पनि एक भएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *