Political Hightlights
फेरि सत्तामा आउने ओलीको सपना कुनै पनि हालतमा पूरा हुन नदिने प्रचण्डको दाबी
२०७८ असोज २३ गते १८:४८

२३ असोज २०७८ नवलपरासी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको फेरि सत्तामा आउने सपना कुनै पनि हालतमा पूरा हुन नदिने बताउनुभएको छ ।
पश्चिम नवलपरासीस्थित पाल्हिनन्दन गाउँपालिकाको मूख्य प्रशासकीय भवन उद्घाटनमा अध्यक्ष प्रचण्डले ओलीलाई बालुवाटारबाट बालकोट पुर्याएको र अब पनि यताउता गर्न खोजे राजनीतिबाट बाहिर पुर्याउने चेतावनी दिनुभयो ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफूले दुईदुई पटक प्रयास गरे पनि ओलीकै कारण संविधान संशोधन हुन नसकेको बताउनुभयो ।
प्रचण्डले गठनबन्धन सरकारमा कुनै पनि मतभेद नभएको भन्दै केही हप्ताभित्रै मधेसी जनताको नागरिकताको समस्या समाधान हुने बताउनुभयो ।
प्रतिक्रिया