Main News

आज विश्व हुलाक दिवस मनाइँदै

हिमालय टिभी
२०७८ असोज २३ गते ८:५२
आज विश्व हुलाक दिवस मनाइँदै

२३ असोज २०७८ काठमाडौं । आज विश्व हुलाक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमसहित मनाइँदैछ ।

‘पुनरुत्थानका लागि नवप्रवर्तन’ भन्ने नाराका साथ आज विश्व हुलाक दिवस मनाइँदैछ । नेपालले वि.सं. २०१३ मा विश्व हुलाक सङ्घको सदस्यता प्राप्त गरेपछि विश्व हुलाक मानचित्रमा नेपाल आवद्ध भएको हो ।

हुलाक क्षेत्रको समग्र पुन संरचना र सेवाको विविधिकरण गरी हुलाक सेवालाई व्यवसायिक र प्रतिस्पर्धी बनाउने कार्यलाई नेपाल सरकारले चालू आर्थिक वर्षको नीति, बजेट तथा कार्याक्रममा प्राथमिकता दिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले दिवसको अवसरमा शुभकामना दिँदै हुलाकमार्फत् प्रदान गरिने सेवालाई प्रभावकारी बनाउँदै जनताको हुलाकवस्तु प्राप्त गर्ने भरपर्दो माध्यमको रुपमा विकास गर्ने, यसको संरचना सुधार गर्ने र सूचना प्रविधिको प्रयोगद्वारा विद्युतीय व्यापार तथा वित्तीय समावेशीकरणका कार्यक्रम सञ्चालन गर्ने प्रणालीको विकासलाई सरकारले प्राथमिकता दिने बताउनुभयो ।

तर, पछिल्लो समय प्रविधिको पहुँच बढेसँगै हुलाक सेवा प्रभावित हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *