Main News

प्रचण्डले पार्टी कब्जा गर्न असफल भएपछि विभाजन गरेको ओलीको आरोप

हिमालय टिभी
२०७८ असोज १५ गते १५:४६
प्रचण्डले पार्टी कब्जा गर्न असफल भएपछि विभाजन गरेको ओलीको आरोप

१५ असोज २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कब्जा गर्ने प्रयास असफल भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई विभाजन गर्ने काम गरेको आरोप लगाउनु भएको छ ।

अध्यक्ष ओलीले सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डको सोच र व्यवहारका कारण एकीकरण प्रक्रिया निष्कर्षमा नपुगी टुंगिएको दाबी गर्नुभयो ।

पार्टीको विधान महाधिवेशनमा राजनीतिक प्रतिवदन पेश गर्दै उहाँले माधव नेपालको कुण्ठा, निहित स्वार्थ र विभाजनकारी क्रियाकलापले पनि पार्टी विभाजनमा ठूलो भूमिका खेलेको बताउनु भयो ।

उहाँले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउने प्रयास जारी राख्ने प्रतिबद्धतासमेत व्यक्त गर्नु भयो ।

उहाँले भन्नुभयो, ‘सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डका सोच र व्यवहारका कारण एकीकरणको प्रक्रिया निष्कर्षमा नपुगी टुंगिएको छ । यसो हुनुमा नवौं महाधिवेशनबाट पारित नीति र नेतृत्वविरुद्ध अन्त्यहिन गुटबन्दीमा संलग्न माधन नेपालको कुण्ठा, निहित स्वार्थ र विभाजनकारी क्रियाकलापको समेत ठूलो भूमिका छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *