Main News

तराईलगायतका जिल्लामा आज जितिया पर्व मनाइँदै

हिमालय टिभी
२०७८ असोज १३ गते ९:२४
तराईलगायतका जिल्लामा आज जितिया पर्व मनाइँदै

१३ असोज २०७८ काठमाडौं । तराईलगायत अन्य केही जिल्लामा आज जितिया पर्व मनाइँदै छ ।

मातृस्नेहको रुपमा मनाइने यो पर्वमा बिहानै नजिकैको जलाधार अथवा नदीमा स्नान गरी तोरीको तेल र ‘खर’ चढाउने परम्परा छ । यो पर्वमा आमाहरूले स्नान गरेर मात्र चोखो खानेकुरा खाने गर्दछन् ।

थारु समुदायले जितियालाई विजय अर्थात् जितका रूपमा मनाउने गर्छन् । नवलपरासी, चितवनलगायतका ठाउँमा रहेका थारु महिलाले तीन दिनसम्म जितिया पर्व मनाउँछन् ।

यो पर्वमा भगवान विष्णु, शिव र भगवान सूर्यको पूजा अर्चना गरिन्छ । पारम्परिक गीत, सङ्गीतका साथमा नाचगानसहित जितिया पर्व मनाइन्छ । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाइन्छ ।

सरकारले जितिया पर्व मनाउनेलाई सार्वजनिक बिदा दिएको छ ।

यस्तै, दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिँदै हाम्रो संस्कृति र संस्कारमा आफ्नो विशिष्ट पहिचान र विशेषता रहेको बताउनुभएको छ । सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने पर्वमध्येको एक जितिया पर्व पनि भएको उहाँहरुको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *