Main News

खुल्यो अग्रिम टिकट बुकिङ, देखिएन उत्साह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ११ गते १८:४१
खुल्यो अग्रिम टिकट बुकिङ, देखिएन उत्साह (भिडियो रिपोर्टसहित)

११ असोज २०७८ काठमाडौं । दशैंमा काठमाडौं उपत्यका बाहिर जानेका लागि अग्रिम टिकट बुकिङ खुला भएको छ । तर टिकट काट्नेको संख्या असाध्यै न्यून भएपछि यातायात व्यवसायी चिन्तित बनेका छन् ।

विगतका वर्षहरुमा दशैंमा काठमाडौंबाट घर जानेहरुको बसपार्कमा ठूलै लाइन हुन्थ्यो । त्यसैले दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने गरिएको थियो ।

यस वर्ष पनि दशैंमा घर जानेहरु अग्रिम टिकटका लागि ठूलै लाइन होला भन्ने अपेक्षा थियो । तर बस पार्कमा टिकट काट्नेहरुको भिड देखिएन । त्यसैले टिकट लिन आउनेहरु सहजै टिकट पाएकोमा खुसी छन् ।

यात्रुहरु भिड नभएकोमा खुसी देखिए पनि व्यवसायीहरु भने चिन्तित देखिन्छन्। अग्रिम टिकट खुलाउँदा कोरोनालाई ध्यानमा राखी स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरिएको व्यवसायीको दाबी छ ।

अग्रिम टिकट बुकिङ खुला भए पनि वर्षाका कारण क्षतिग्रस्त कतिपय सडक अझै मर्मत भएका छैनन्। बाढी पहिरोले क्षति पुर्‍याएका सडकमा सवारी साधन सञ्चालन गर्न समस्या हुने भन्दै यातायात व्यवसायीले सडक मर्मत गर्न माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *