Main News

निजी स्कुलकाे प्रभावमा विद्यालय सञ्चालनकाे अनुमति (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १० गते २०:४९
निजी स्कुलकाे प्रभावमा विद्यालय सञ्चालनकाे अनुमति (भिडियो रिपोर्टसहित)

१० असोज २०७८ काठमाडौं । काठमाडौं महानगरपालिकामा विद्यालय सञ्चालनमा आएका छन् ।स्वास्थ्यसम्बन्धी २७ बुँदे मापदण्ड तय गरेर विद्यालय सञ्चालन अनुमति दिएको महानगरलाई सीमित विद्यालय र सञ्चालकको स्वार्थका लागि यस्तो निर्णय गरेको आरोप लागेको छ ।

काठमाडौं महानगरपालिकाको नगर शिक्षा समितिले स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न सक्ने बाटो खोल्यो । समितिको निर्णयसँगै महानगरका अधिकांश, निजी र सरकारी विद्यालय खुलेका छन् ।

दशैंको बिदा शुरु हुन, मात्रै हप्तादिन बाँकी छ । यो छोटो अवधिका लागि महानगपालिकाकाले विद्यालय खोल्ने अनुमति दिनुको कारण के हो रु निजी विद्यालयहरुको प्रभावमा परेर त महानगरले यस्तो निर्णय लिएको होइन ?

महागरपालिका भने यो कुरा स्वीकार गर्न तयार छैन । विद्यालय, अभिभावक र विद्यार्थीको सुझावकै आधारमा विद्यालय खोल्ने निर्णय लिइएको महानगरपालिकाको दाबी छ ।

कोरोना कहरसँगै आम्दानीको स्रोत ठप्प भएका निजी विद्यालयहरुले यो बीचमा अनलाइन कक्षा सञ्चालन गरी विभिन्न शिर्षकमा पैसासमेत असुलिरहेका छन्। अनलाइन पढाउँदा पनि परीक्षा र पेपर शुल्कसमेत नछुटाइ लिएका निजी विद्यालय फेरि चाडपर्वको मुखमा विद्यालय खोलेजस्तो गरेर बिलमा शिर्षक थप्न खोजेका त हैनन् ?

अहिले पनि कोरोना कहर सकिएको छैन । फेरि दशैंको मुखैमा विद्यालय सञ्चालन गर्दा, अभिभावकहरुलाई पनि पैसा उठाउनका लागि मात्रै हो, कि भन्ने लागेको छ ।

बालबालिका विद्यालय जाँदा न साथीसँग छुट्टिएर नै बस्न सक्छन् । न स्वास्थ्य सावधानी अपनाउन । त्यसैले कुनै पनि विद्यार्थीमा संक्रमण छ भने एकबाट अर्कोमा सर्ने सम्भावना धेरै हुन्छ । यस्तो अवस्थामा स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय चलाउनु असम्भव छ । अभिभावकसँगको सल्लाह, स्वास्थ्य मापदण्ड पालना वा जेजति नै बाहना बनाए पनि विधालय खोल्नुको पछाडी दालमा कालो रहेको सहजै अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *