Political Hightlights

दशबुँदे कार्यान्वयनको विषयमा एमाले बैठकमा विवाद, भीम रावलले जनाए असन्तुष्टि

हिमालय टिभी
२०७८ असोज ८ गते १८:५६
दशबुँदे कार्यान्वयनको विषयमा एमाले बैठकमा विवाद, भीम रावलले जनाए असन्तुष्टि

८ असोज २०७८ काठमाडौं । १० बुँदे सहमति कार्यान्वयनको विषयलाई लिएर नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा विवाद भएको छ ।

एमाले केन्द्रीय कमिटीको आज शुरु बैठकमा सहमति कार्यान्वयन नभएको भन्दै सदस्यहरुले नेतृत्वको ध्यानाकर्षण गराएका छन् । उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनको विषय एजेन्डा बनाउन माग गर्नुभयो ।

सुदूरपश्चिममा १० बुँदे सहमति र अन्तर पार्टी निर्देशन कार्यान्वयन नभएको रावलको भनाइ थियो । रावलको भनाइमा केन्द्रीय सदस्यहरु झपट रावल र भानुभक्त जोशीले पनि समर्थन जनाउनुभयो । तर अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनको विषयमा छलफल गर्न बैठक बसेको भन्दै यो विषयमा स्थायी कमिटीमा छलफल हुने बताउनुभयो ।

बैठकपछि प्रचार विभाग प्रमुख योगेश भट्टराईले विगतको सहमति कार्यान्वयनका क्रममा जटिलता आउनु स्वभाविक भएको भन्दै नेतृत्वबाट समाधान गर्ने प्रतिबद्धता आएको जानकारी दिनुभयो ।

एमालेभित्र देखिएको विवाद समाधानका लागि गठित कार्यदलमा नेता रावल माधवकुमार नेपाल समूहको तर्फबाट संयोजक हुनुहुन्थ्यो ।

त्यही कार्यदलमै साउन २७ गते एमालेभित्रको विवाद समाधान गर्नका लागि १० बुँदे सहमति भएको थियो । जसमा २०७५ जेठ २ को एमालेको संगठनात्मक संरचनामा फर्काउने सहमति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्