Political Hightlights

स्थायी समितिमा प्रचण्डको ‘बिफ्रिङ’ : बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ६ गते १८:१८
स्थायी समितिमा प्रचण्डको ‘बिफ्रिङ’ : बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ (भिडियो रिपोर्टसहित)

६ असोज २०७८ काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलिसम्ममा मन्त्रिपरिषदले पूर्णता पाउने बताउनु भएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशका कारण ढिलाई भएको मन्त्रिपरिषदलाई पूर्णता दिने काम बिहीबारसम्म भइसक्ने बताउनु भएको हो ।

पार्टी अध्यक्षले वर्तमान राजनीतिक परिस्थितिको बारेमा पार्टीमा रिर्पोटिङ गर्दै भोलिसम्म मन्त्रिपरिषदलाई पूर्णता दिइसक्ने बताउनु भएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

प्रवक्ता महराले भन्नुभयो, ‘अध्यक्षले हालको स्थितिका बारेमा बैठकलाई जानकारी गराउनु भयो । मन्त्रिपरिषद् विस्तारमा अध्यादेशका कारणले अलि ढिले भएको थियो । यो काम करिव करिव सिद्धिएको छ । मेरो विचारमा आज वा भोलिसम्ममा यो सरकारको विस्तारको काम सिद्धिन्छ ।’

बैठकले प्रवासमा पार्टीको कामलाई व्यवस्थित बनाउन प्रवास निर्देशिका पनि पारित गरेको छ । प्रवासको कामलाई व्यवस्थित बनाउन भारतसहित विभिन्न ६ वटा उपक्षेत्रको कामलाई सहज ढंगले अघि बढाउने गरी बैठकले प्रवास निर्देशिका पनि पारित गरेको प्रवक्ता महराले जानकारी दिनुभयो ।

माओवादी केन्द्रले पार्टीको केन्द्रीय कार्यालय सचिवमा डोरप्रसाद पौडेललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । पौडेल यसअघि पनि सो पार्टी केन्द्रीय कार्यालय सचिवको जिम्मेवारीमा रहनु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्