Main News

परराष्ट्रमन्त्री खड्का अमेरिका जाँदै, एमसीसी प्राथमिकतामा नरहेको प्रष्टीकरण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ६ गते १५:१७
परराष्ट्रमन्त्री खड्का अमेरिका जाँदै, एमसीसी प्राथमिकतामा नरहेको प्रष्टीकरण (भिडियो रिपोर्टसहित)

६ असोज २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डाक्टर नारायण खड्का नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री खड्कालाई सपथ गराउनु भएको छ । सपथलगत्तै उहाँले पदभार ग्रहण गर्नुभयो ।

परराष्ट्रमन्त्री खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क जाँदै हुनुहुन्छ । उहाँले आफ्नो अमेरिका भ्रमणमा अमेरिकी सहयोग कार्यक्रम एमसीसी प्राथमिकतामा नरहेको बताउनुभयो ।

उहाँले राष्ट्र संघीय महासभाका क्रममा अरु दलका परराष्ट्रमन्त्रीसँग द्विपक्षीय भेटवार्ता हुने जानकारी दिनुभयो ।

परराष्ट्र मन्त्री खड्काले परराष्ट्र नीति दल विशेषको नभएर सबैसँगको सहमतिमा अघि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *