Main News
हिमालय टेलिभिजनको नयाँ कार्यक्रम गेम चेञ्जरको प्रशारण आजदेखि (भिडियो रिपोर्टसहित)
२०७८ असोज ५ गते १६:५५

५ असोज २०७८ काठमाडौं । हिमालय टेलिभिजनको नयाँ कार्यक्रम गेम चेञ्जरको प्रशारण आजदेखि शुरु हुँदैछ ।
आम मानिसका ससाना सफलताका कथाहरु समेटिएको कार्यक्रम नै गेम चेञ्जर हो । यसको प्रशारण हरेक मंगलबार राति ९ बजे हुने हिमालय टेलिभिजनले जनाएको छ ।
यो कार्यक्रमले आम मानिसलाई उद्यम गर्ने, परिश्रम गर्ने ऊर्जा प्रदान गर्न छ र सफलताका लागि पूँजी, सम्बन्ध र आफन्तहरु चाहिन्छ भन्ने आम नेपाली सोचाइलाई बदल्न भूमिका खेल्ने विश्वास गरिएको छ ।
गेम चेञ्जरको टाइटल स्पोन्सर महेन्द्रा बोलेरो छ । यस्तै नबिल बैंक, सिटिजन लाइफ इन्सुरेन्स र सीई कन्स्ट्रक्सनको पनि सहकार्य रहेको हिमालय टेलिभिजनले जनाएको छ ।
प्रतिक्रिया