Main News

लुम्बिनीका पूर्वमुख्यमन्त्री पोखरेलसहित ४ जनाविरुद्ध सांसद खत्रीद्वारा अपहणसम्बन्धी जाहेरी

हिमालय टिभी
२०७८ भदौ ३० गते ७:३२
लुम्बिनीका पूर्वमुख्यमन्त्री पोखरेलसहित ४ जनाविरुद्ध सांसद खत्रीद्वारा अपहणसम्बन्धी जाहेरी

३० भदौ २०७८ काठमाडौं । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध सांसद विमला कुमारी खत्रीले अपहरण तथा शरीर बन्धक सम्बन्धी किटानी जाहेरी दिनु भएको छ ।

साउन १५ गतेदेखि ५ दिनसम्म पोखरेल मुख्यमन्त्री रहँदा दाङबाट ल्याएर बन्धक बनाएकाले अपहरण तथा शरीर बन्धक सम्बन्धी कानूनअनुसार कारबाहीको माग गर्दै खत्रीले किटानी जाहेरी दिनुभएको हो ।

उहाँले जाहेरीमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई हदैसम्मको कारबाही माग गरिएको छ ।

रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले खत्रीले बुटवलमा किटानी जाहेरीका लागि पत्र बुझाएको जानकारी दिनुभयो । उहाँले जाहेरी दाङमा दर्ता गराउन सुझाव दिएको बताउनुभयो ।

वली र माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मदन कुँवरलाई किटानी जाहेरी बुझाएको र घटनाको शुरुवात भएको स्थान दाङमै उजुरी दर्ता गर्ने प्रतिवद्धतासहितको पत्र दिनुभएको छ ।

वलीले दिएको उजुरीअनुसार अदालतले कसुर ठहर गरेमा पोखरेलसहित ४ जनालाई ७ वर्षदेखि १० वर्षसम्म कैद र सत्तरी हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था मुलुकी अपराध संहिता २०७४ ले गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *