Political Hightlights

आफू एक्लिँदै गएकोमा माओवादी अध्यक्ष प्रचण्डको यस्तो चिन्ता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २७ गते २१:०२
आफू एक्लिँदै गएकोमा माओवादी अध्यक्ष प्रचण्डको यस्तो चिन्ता (भिडियो रिपोर्टसहित)

२७ भदौ २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू एक्लिँदै गएकोमा चिन्ता प्रकट गर्नु भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओ जीवनको अन्तिम कालमा एक्लिएको उदाहरण दिँदै प्रचण्डले आफूलाई पनि कहिलेकाँही एक दुई वर्षपछि यस्तै हुने हो कि भन्ने चिन्ता लाग्ने गरेको बताउनु भयो ।

काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तक विमोचन कार्यक्रममा उहाँले आफ्नो दिमागमा कहिलेकाँही त्यस्तो खालको चिन्तन आउने गरेको बताउनु भयो ।

प्रचण्डले आफूले अझै कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गरेर अघि बढ्न चाहेको पनि दोहोर्‍याउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्