Political Hightlights

एमसीसी प्रयोग गरेर गठबन्धन फुटाउने षड्यन्त्र भएको प्रचण्डको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २३ गते १३:१९
एमसीसी प्रयोग गरेर गठबन्धन फुटाउने षड्यन्त्र भएको प्रचण्डको आरोप (भिडियो रिपोर्टसहित)

२३ भदौ २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

आज बिहान काठमाडौंमा सुरेश वाग्ले (बासु) र भिमसेन पोखरेलको २२ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले देशभित्र र देश बाहिरबाट पनि गठबन्धन तोड्ने षडयन्त्र भइरहेको बताउनुभएको हो ।

तर आफूले गठबन्धन जोगाउन र देशलाई क्षति नहुने गरी एमसीसीको समाधान गर्न चाहेको अध्यक्ष प्रचण्डको भनाइ छ ।

एमसीसी यथास्थितिमा पारित हुन नसक्ने बताउँदै अध्यक्ष प्रचण्डले सकेसम्म गठबन्धनलाई बचाएर एमसीसी अघि बढाउने उहाँको भनाइ छ । केही शक्तिहरु पूरै ताकतका साथ गठबन्धनलाई तोड्ने, प्रतिक्रान्तिलाई निरन्तर अगाडि बढाउने र माओवादीहरुलाई घेरा हालेर सिध्याउने षडयन्त्रमा लागेको प्रचण्डको दाबी छ ।

प्रचण्डले पद, प्रतिष्ठा र पैसाको निम्ति लडिरहने हो भने माओवादी पार्टी विघटन गरिदिए हुने बताउनुभयो । यसबारे गम्भीर भएर सोच्न नेता–कार्यकर्ताहरुलाई आग्रह गर्दै केही नेता प्रतिक्रियावादीको सेवक बनेको आरोप समेत लगाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्