कुलमान घिसिङको नियुक्तविरुद्ध मुद्दामा आज सुनुवाइ

२० भदौ २०७८ काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्धको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा सुनुवाइ हुने भएको छ।
सर्वोच्च अदालतले आज सुनुवाइका लागि प्रधानन्यायाधीश जबराको इजलास तोकेको हो। प्राधिकरणका कार्यकारी निर्देशकबाट आफूलाई हटाएर घिसिङलाई ल्याउनु गैरकानूनी भएको भन्दै यसअघिका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भदौ १ मा सर्वोच्चमा रिट दर्ता गराउनु भएको थियो ।
शाक्यले आफूलाई हटाएको जानकारीसमेत नदिई घिसिङलाई नियुक्ति गर्नु गैरकानूनी भएको रिटमा उल्लेख छ । रिटमा शाक्यले आफूलाई पुनर्नियुक्त गर्न अन्तरिम आदेश माग गर्नु भएको छ ।
सर्वोच्चले यसअघि रिटमाथि सुनुवाइ गर्दै नियुक्तिको सम्बन्धमा मन्त्रिपरिषदबाट भएको निर्णयको सक्कल फाइल मगाउने आदेश गरेको थियो।
प्रतिक्रिया