Main News

हिमालय टेलिभिजनको सम्पादकमा राजेन्द्र बानियाँ नियुक्त (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १५ गते १८:०७
हिमालय टेलिभिजनको सम्पादकमा राजेन्द्र बानियाँ नियुक्त (भिडियो रिपोर्टसहित)

१५ भदौ २०७८ काठमाडौं । हिमालय टेलिभिजनको सम्पादकमा राजेन्द्र बानियाँ नियुक्त हुनु भएको छ ।

बानियाँले आजैदेखि जिम्मेवारी सम्हाल्नुभएको छ । हिमालय टेलिभिजन नेटवर्क प्रालिका अध्यक्ष धर्मराज भुसाल र कार्यकारी निर्देशक श्याम कडेलले उहाँलाई स्वागत गर्नुभयो ।

बानियाँलाई स्वागत गर्दै कार्यकारी निर्देशक श्याम कडेलले हिमालय टेलिभिजनलाई नयाँ उचाईंमा पुर्‍याउन उहाँको भूमिका रहने विश्वास व्यक्त गर्नुभयो ।

सम्पादक बानियाँले समचार कक्ष र व्यवस्थापनबीचमा सम्वन्यकारी भूमिका निर्वाह गर्दै टेलिभिजनलाई सशक्त बनाउने प्रतिबद्धता जनाउनुभयो ।

बानियाँले यस अघिदेखि नै हिमालय टेलिभिजनको लोकप्रिय कार्यक्रम यक्ष प्रश्न सञ्चालन गर्दै आउनु भएको छ । बानियाँले यसअघि एभिन्यूज टेलिभिजन, सगरमाथा टेलिभिजन र माउन्टेन टेलिभजनमा पनि काम गर्नुभएको थियो ।

हिमालय टेलिभिजनको समाचार कक्षमा कार्यरत दिपेन्द्र कुँवर र मधुसुदन पन्थीलाई पनि आजै विदाई गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *