Main News

नयाँ दल दर्ताबारे निर्वाचन आयोगले संसद सचिवालयलाई पठायो पत्र

हिमालय टिभी
२०७८ भदौ ११ गते १७:०१

११ भदौ २०७८ काठमाडौं । निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल राष्ट्रिय मान्यता प्राप्त दलको रुपमा दर्ता भएको भन्दै संसद सचिवालयलाई पत्र पठाएको छ ।

निर्वाचन आयोगको पत्र सचिवालयमा आएपछि अब संसदभित्र पनि नेकपा एकीकृत समाजवादी र लोसपाले छुट्टै संसदीय दलको रुपमा मान्यता प्राप्त गर्नेछन् ।

दुवै दलले बुधबार निर्वाचन आयोगमा सनाखत गरेपछि दलको मान्यता पाएका थिए । आयोगले नेकपा एकीकृत समाजवादीका ३० र लोकतान्त्रिक समाजवादी पार्टीका १४ सांसद रहेको जनाएको छ ।

नयाँ दर्ता भएका दलले मान्यता पाएसँगै संसदमा राष्ट्रिय मान्यता प्राप्त दलको संख्या ६ पुगेको छ । फुटेपछि पनि नेकपा एमाले संसदको सबैभन्दा ठूलो दल हो ।

नेपाली कांग्रेस दोस्रो, माओवादी केन्द्र तेस्रो, नयाँ बनेको नेकपा समाजवादी एकीकृत चौथो, जनता समाजवादी पार्टी पाँचौं र भर्खरै बनेको लोकतान्त्रिक समाजवादी पार्टी छैटौं दल हो ।

राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको एकएक सिट सहित प्रतिनिधित्व भएपनि उनीहरुले संसदमा दलको पान्यता पाएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *