Main News

सभामुख र निर्वाचन आयोगप्रति एमाले अध्यक्ष ओलीको यस्तो आक्रोश (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ९ गते १७:०४
सभामुख र निर्वाचन आयोगप्रति एमाले अध्यक्ष ओलीको यस्तो आक्रोश (भिडियो रिपोर्टसहित)

९ भदौ २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख र निर्वाचन आयोग आफ्नो पार्टी फूटाउने काममा लागेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।

पत्रकार सम्मेलन गरी ओलीले सभामुख अग्निप्रसाद सापकोटाले पक्षधरता लिएर एमाले फुटाउने काममा लागेको आरोप लगाउनुभयो । माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारवाही गरेपनि सभामुखले १४ दिनसम्म पनि त्यसको कार्यान्वयन नगरेको भन्दै आपत्ति जनाउनुभयो ।

एमाले अध्यक्ष ओलीले निर्वाचन आयोगको कामप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभयो । एमाले फुटाउन राजनीति बेईमानी भैरहेको ओलीले टिप्पणी गर्नुभयो ।

प्रधानमन्त्री हुँदा दुई पटक संसद विघटन गरेका ओलीले संसद पुनःस्थापना भए पनि काम गर्न नसकेको भन्दै संसद विघटन गर्ने आप्नो कदम सही सावित गर्ने प्रयास गर्नुभयो ।

एउटा फरक प्रसंगमा ओलीले अनुकुल समयमा पार्टीको नेतृत्व हस्तान्तरण गर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *