Political Hightlights

नेपाल र ठाकुरको दल आजै दर्ता गर्ने निर्वाचन आयोगको तयारी, नेताहरुको सनाखत गरिँदै

हिमालय टिभी
२०७८ भदौ ९ गते ७:४१
नेपाल र ठाकुरको दल आजै दर्ता गर्ने निर्वाचन आयोगको तयारी, नेताहरुको सनाखत गरिँदै

९ भदौ २०७८ काठमाडौं । निर्वाचन आयोगले माधवकुमार नेपाल र महन्थ ठाकुरको दल आजै दर्ता गर्ने तयारी गरेको छ ।

नयाँ दल दर्ताका लागि निवेदन दिएका नेपालको दल नेकपा )एकीकृत समाजवादी) र ठाकुरको दल लोकतान्त्रिक समाजवादी पार्टीलाई आवश्यक प्रक्रिया पुर्‍याएर आयोगले आजै दर्ता गर्ने तयारी गरेको हो ।

निर्वाचन आयोगका अनुसार आयोगले सनाखतसहित आवश्यक सबै प्रक्रिया पु¥याउने र दल दर्ताको निर्णय गर्ने भएको हो । आयोगले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिँदा नाम समावेश गरेका पदाधिकारी र केन्द्रीय सदस्य तथा सांसदहरूलाई बुधबार ११ बजेबाट २ बजेसम्म सनाखतका लागि बोलाइएको जनाएको छ ।

आयोगले नयाँ दल दर्ताको प्रक्रियामा आवश्यक पर्ने कानूनी व्यवस्थाअनुसार दुवै दलकातर्फबाट दल दर्ताका लागि निवेदन दिँदा पक्षमा रहेर हस्ताक्षरसहित नाम बुझाएका केन्द्रीय सदस्य र सांसदलाई सनाखतमा हाजिर हुन भनेको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले केन्द्रीय सदस्यलाई नागरिकता वा मतदाता परिचयपत्र र सांसदलाई संसद् सचिवालयले जारी गरेको परिचयपत्रसहित आयोगमा सनाखतका लागि बोलाएको जानकारी दिनुभयो ।

नेपालको प्रस्तावित दलमा पुरानो दल एमालेबाट ५७ जना केन्द्रीय सदस्यको नाम बुझाइएको छ । त्यसमध्ये ५५ जनाले मात्रै हस्ताक्षर गरेका छन् ।

अध्यादेशअनुसार एमालेको केन्द्रीय कमिटीको कुल २ सय ३ संख्यामध्येको २० प्रतिशत अर्थात् ४१ जना जना सदस्य नयाँ दल खोल्न नेपाल समूहले आयोगमा पुर्याउनुपर्नेहुन्छ ।

यस्तै, नयाँ थपसहित नेपालले नेतृत्व गर्ने दलमा १ सय १५ जना केन्द्रीय सदस्य प्रस्ताव गरिएको छ ।

यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी नामको दलमा ३१ जना कार्यकारिणी सदस्यको नाम बुझाइएकोमा २९ जनाको मात्रै हस्ताक्षर छ । आयोगले निवेदनमा हस्ताक्षर गर्नेलाई मात्रै सनाखत गर्ने जनाएको छ ।

ठाकुर अध्यक्ष रहनेगरी दर्ता गरिएको दलमा राजेन्द्र महतो र शरतसिंह भण्डारीलाई वरिष्ठ नेताका लागि प्रस्ताव गरिएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा भएको संशोधनअनुसार निर्वाचन आयोगले गत बिहीबार नियमावली संशोधन गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्