Main News

दुई नयाँ दलका नेताको सनाखतका लागि निर्वाचन आयोगद्वारा समय निर्धारण

हिमालय टिभी
२०७८ भदौ ८ गते १५:०८

८ भदौ २०७८ काठमाडौं । निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र समाजवादी (लोकतान्त्रिक) पार्टीका नेताको सनाखतका लागि समय तोकिदिएको छ।

आयोगले दुवै पक्षलाई भोलि बिहान साढे ११ बजेदेखि २ बजेभित्र आइपुग्न भनेको छ। एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीले २२ जना सांसद र ५८ जना केन्द्रीय सदस्य उपस्थित भएर सनाखत गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सशरीर उपस्थित भएर सनाखत गर्नुपर्ने भएकाले र कोभिड १९को मापदण्ड पालना गर्दै भिडभाड नहुने गरी समय र स्थान निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *