Main News

जनवादी गायक टुहुरेको स्वास्थ्य स्थिति गम्भीर र स्थिर

हिमालय टिभी
२०७८ भदौ ६ गते १४:४३
जनवादी गायक टुहुरेको स्वास्थ्य स्थिति गम्भीर र स्थिर

६ भदौ २०७८ काठमाडौं । जनवादी गायक जेबी टुहुरेको स्वास्थ्य स्थिति गम्भीर र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

मष्तिस्कघात भएपछि बयोधा अस्पताल बल्खुको सीसीयू कक्षमा भर्ना गरिएका टुुहुरेको पछिल्लो अवस्थाबारे चिकित्सकले जानकारी दिएका हुन् ।

उपचारमा सम्भव सबै प्रयत्न जारी राखिए पनि अपेक्षाकृत सुधार हुन नसकिरहेको बताइएको छ ।

मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घ रोगी समेत रहेका ७८ वर्षीय टुहुरेको शल्यक्रिया गर्नु जोखिमपूर्ण रहेकाले औषधि चलाएर उपचार भैरहेको वरिष्ठ न्युरोलोजिस्ट डा सामर्थ सिंहले जानकारी दिनुभयो ।

टुहुरेलाई हाल भेन्टिलेटरमा राखिएको छ । २० को दशकदेखि सांगीतिक क्षेत्रमा प्रवेश गरेका टुहुरेले १ सय ५० भन्दा बढी जनवादी गीत गाउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *