Main News

बागमती प्रदेश प्रमुख प्रसाई पदमुक्त (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ३ गते १९:५८
बागमती प्रदेश प्रमुख प्रसाई पदमुक्त (भिडियो रिपोर्टसहित)

३ भदौ २०७८ काठमाडौं । सरकारले बागमती प्रदेश प्रमु विष्णु प्रसाई पदमुक्त गरेको छ ।

मन्त्रिपरिषदको आजको बैठकले प्रसाईलाई हटाएर यादवचन्द्र शर्मालाई बागमती प्रदेशको प्रमुख नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

एमाले विभाजन गरेर अर्को पार्टी खोलेपछि गठबन्धन सरकारले माधवकुमार नेपाललाई सत्तामा जिम्मेवारी दिन शुरू गरेको हो । शर्मा नेपाल प्रधानमन्त्री हुँदा प्रमुख स्वकीय सचिव हुनुहुन्थ्यो ।

पदमुक्त प्रसाई पनि एमालेकै नेता हुनुहुन्छ । मेची नगर नगरपालिकाको मेयरमा पराजित नेता प्रसाई २०५४ सालमा झापा जिल्ला विकास समितिको उपसभापति हुनुहुन्थ्यो ।

गत असार २८ गते शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएयता सरकारले चार जना प्रदेश प्रमुख फेरिसकेको छ । लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, प्रदेश २ मा हरिशंकर मिश्र नियुक्त भइसक्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *