Main News

फुट्यो जसपा, ठाकुर समूहद्वारा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २ गते १७:१२
फुट्यो जसपा, ठाकुर समूहद्वारा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन (भिडियो रिपोर्टसहित)

२ भदौ २०७८ काठमाडौं । जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्षले नयाँ दल दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिएको छ ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएलगत्तै ठाकुर पक्षले नयाँ दलका लागि निवेदन दिएको हो ।

राजेन्द्र महतो, शरतसिंह भण्डारी लगायतका नेता निर्वाचन आयोग गएर दल दर्ताका लागि निवेदन दिनु भएको छ । नयाँ दलको नाम जनता समाजवादी पार्टी नेपाल लोकतान्त्रिक राखिएको छ ।

नयाँ दलको अध्यक्षमा महन्थ ठाकुर र राजेन्द्र महतो वरिष्ठ नेता हुनुहुन्छ । उनीहरुसहित २५ सदस्यीय कार्यकारिणी समिति प्रस्ताव गरिएको छ । ठाकुर पक्षले नयाँ दलको चुनाव चिह्न साइकल प्रस्ताव गरेको छ ।

यसअघि निर्वाचन आयोगले अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि ठाकुर पक्ष दलविहीन अवस्थामा पुगेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *