Main News

एमालेको नेपाल–खनाल समूह नयाँ दल दर्ताका लागि निर्वाचन आयोग जाने तयारीमा

हिमालय टिभी
२०७८ भदौ २ गते १४:५६
एमालेको नेपाल–खनाल समूह नयाँ दल दर्ताका लागि निर्वाचन आयोग जाने तयारीमा

२ भदौ २०७८ काठमाडौं । दल विभाजन गर्न सजिलो हुने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भए लगत्तै नेकपा एमालेको नेपाल–खनाल समूहमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोग जाने तयारी गरेको छ ।

अहिले नेपाल–खनाल समूह काठमाडौंको एक होटलमा आन्तरिक छलफलमा चलिरहेको छ । नेपाल–खनाल समूहले केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गरिरहेको छ ।

नयाँ पार्टी दर्ताका लागि केन्द्रीय सदस्यको हस्ताक्षर, नागरिकता, विधान, नियमावलीलगायतको कागजपत्र बेदुराम भुसाल नेतृत्वको टिमले तयार पारेको बताइएको छ ।

नयाँ पार्टीको नाम नेकपा एमाले समाजवादी राख्ने संम्भावना रहेको एक नेताले बताएका छन । तर नेकपा एमाले क्रान्तिकारी, नेपाल कम्युनिष्ट पार्टी समाजवादी, नेकपा एकीकृत र नेकपा एकीकृत समाजवादीलगायतका नाममा समेत छलफल चलिरहेको छ ।

नयाँ पार्टी बनाउने कसरतमा उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य सहभागी हुनुुहुन्न । यस्तै, विघटित कार्यदलमा रहेका कोही पनि नेता त्यहाँ छैनन् ।

अध्यादेश राजपत्रमा प्रकाशित भएपछि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ स्वतः निस्क्रिय हुनेछ । त्यससँगै आफ्नो दलको केन्द्रीय समिति वा संसदीय दलमध्ये जतासुकैको २० प्रतिशत पुर्‍याएर अर्को दल गठन गरेमा त्यसले वैधानिकता पाउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *