Political Hightlights

जसपाको महन्थ ठाकुर समूह नयाँ पार्टी बनाउन निर्वाचन आयोग जाँदै

हिमालय टिभी
२०७८ भदौ २ गते १३:४४
जसपाको महन्थ ठाकुर समूह नयाँ पार्टी बनाउन निर्वाचन आयोग जाँदै

२ भदौ २०७८ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट छुट्टिएको समूहले नयाँ पार्टी दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिने भएको छ ।

महन्थ ठाकुर समूहले नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) राख्ने निर्णय गरेको छ ।

पार्टी दर्ताका लागि आजै निर्वाचन आयोग जाने तयारी भएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । आज बिहान बसेको ठाकुर पक्षको बैठकले पार्टीको नाम टुंगो लगाएको हो।

पदाधिकारीको संख्या, झण्डा र चुनाव चिन्हबारे छलफल जारी रहेको नेता कर्णले बताउनुभयो ।

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि जसपको असन्तुष्ट समूहलाई नयाँ पार्टी बनाउन सहज भएको हो । पार्टीको अध्यक्षमा महन्थ ठाकुरलाई नै राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्