Political Hightlights

नेपाल पक्षलाई माफी नदिने ओली पक्षको निर्णय

हिमालय टिभी
२०७८ भदौ १ गते १८:४६
नेपाल पक्षलाई माफी नदिने ओली पक्षको निर्णय

१ भदौ २०७८ काठमाडौं । नेकपा एमालेको केपी शर्मा ओली पक्षका सांसदहरुले माधव नेपाल पक्षलाई माफी नदिने बताएको छ ।

आज काठमाडौंमा बसेको अनौपचारिक छलफलपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रिय सभा सदस्य सुमन प्याकुरेलले दलीय व्यवस्थामा दलको अनुशासन र ह्वीप उल्लंघन गर्नेलाई माफी दिन नसकिने बताउनुभएको हो । सांसद प्याकुरेलले सरकारले जारी गरेको पार्टी विघटन सम्बन्धी अध्यादेश बहुदलीय व्यवस्थाको इथिक्सबाहिर भएकाले त्यसको विरोध गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “दलीय व्यवस्थामा दलको अनुशासन र ह्वीप उल्लंघन गर्ने कुरालाई माफी दिन सकिएन, पार्टीभित्रको कारबाहीको कुरा स्वभाविक हो, पार्टी विरोधी गतिविधि गर्नेहरुलाई पार्टीले कारबाही गरेर अगाडि बढ्छ, पार्टी अबचुप लाग्दैन, पार्टीले कारबाही अगाडि बढाउनुपर्छ, पार्टीविरुद्धका गतिविधिमा लाग्नेहरुलाई पार्टीले कारबाही गरेर अगाडि बढ्नुपर्छ भन्ने आम कार्यकर्ताको माग छ, त्यो अनुसार पार्टी अगाडि बढ्छ ।”

उहाँले जारी अध्यादेश एमालेलाई टेक डाउन गर्नका लागि ल्याइएको आरोप समेत लगाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्