Main News
एमालेले केन्द्रीय कमिटी सदस्य संख्या बढाएर निर्वाचन आयोगमा विवरण बुझायो
२०७८ भदौ १ गते १६:५७

१ भदौ २०७८ काठमाडौं । सरकारले राजनीतिक दल विभाजन सम्बन्धी खुकुलो प्रावधान राखेर अध्यादेश जारी निर्णय गरे लगत्तै नेकपा एमालेले केन्द्रीय कमिटी सदस्य बढाएर निर्वाचन आयोगमा बुझाएको छ ।
पार्टी निर्णयको आधिकारिक माइन्युट भन्दै एमालेको संस्थापन पक्षले केन्द्रीय सदस्यको नाम थपेर आयोगमा विवरण बुझाएको छ ।
एमाले नेता अग्नि खरेल र बाबुराम दाहालसहितको टोलीले आज निर्वाचन आयोग पुगेर केन्द्रीय कमिटीको विवरण अद्यावधिक गर्न लिखित आग्रह गरेको निर्वाचन आयोग स्रोतले जनाएको छ ।
२०७५ जेठ २ अघि २ सय ३ सदस्यीय केन्द्रीय कमिटी रहेको एमालेमा आज थपेर २ सय ६० पुर्याइ विवरण आयोगमा पठाइएको छ ।
एमालेले नेकपा एकीकरणसँगै थपिएका सदस्यसहित २ सय ६० सदस्यीय केन्द्रीय कमिटी बनाएको जनाएको छ ।
प्रतिक्रिया