Main News

अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गर्न अध्यक्ष प्रचण्डको माग

हिमालय टिभी
२०७८ साउन ३२ गते १४:१२
अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गर्न अध्यक्ष प्रचण्डको माग

३२ साउन २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गर्नुभएको छ ।

अफगानिस्तान तालिवान विद्रोहीले कब्जा जमाएपछि प्रचण्डले त्यहाँ रहेको नेपालीहरुको सुरक्षा गर्नु सरकारको दायित्व भएको बताउनुभएको हो ।

प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमार्फत् दक्षिण एशियाली मुलुक अफगानिस्तानमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै त्यहाँ रहेका नेपालीहरुको सुरक्षा र उद्धारका लागि अविलम्ब प्रभावकारी कदम चाल्न सरकारसँग माग गर्नुभएको हो ।

अफगानिस्तानमा रहेका नेपाली फिर्ता ल्याउने विषयमा आफू र पार्टीको तर्फबाट आवश्यक सम्पूर्ण पहल र सहयोग हुने प्रचण्डले उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *