यसरी बन्दैछ सिंहदरबारभित्र नयाँ संसद भवन(भिडियो रिपोर्टसहित)

२२ साउन २०७८ काठमाडौं । सिंहदरबारमा अहिले संसद भवन निर्माण भइरहेको छ । १ सय ५१ रोपनी क्षेत्रफलमा संघीय संसदका लागि १२ वटा भवन बन्दैछन् । करिब ७ अर्ब रुपैयाँको लागतमा बन्न लागेका यी भवनको अहिलेसम्म साढे ३२ प्रतिशत काम सकिएको छ । अबको २२ महिनामा सक्ने गरी धमाधम काम भइरहेको छ ।
यो हो संघीय संसद भवन निर्माणस्थल । सिंहदरबारभित्रको १ सय ५१ रोपनी जमिनमा निर्माणाधिन यो भवन बनाउन यतिबेला ४ सय जनाभन्दा बढीले काम गरिहेका छन् ।
६ अर्ब ९२ करोड रुपैयाँको लागतमा संघीय संसद भवन ३ वर्षमा सक्ने गरी २०७६ असोज १६ गते सम्झौता भएको थियो । तर कोरोना महामारीका कारण ६ महिना समय थपिएको छ।
यस हिसावले अबको २२ महिना अर्थात २०८० सालको नयाँ वर्षमा सिंहदरबार भित्र संसद भवन बनिसक्ने छ । आयोजना निर्माण कम्पनीले पनि अब निर्धारित समयमै काम सक्ने दाबी गरेको छ ।
यो ठाउँमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि २ अलग अलग भवन बन्ने छन् । यस्तै संसद सचिवालयका लागि दुई वटा भवन, राजनीतिक पार्टीको संसदीय दलका लागि भवन, हजार जना अट्न सक्ने सभा हल, भिभिआइपी रुम, पुस्तकालय गरी १२ वटा भवन बन्दै छन ।
प्रतिनिधिसभामा ७ सय जना र राष्ट्रिय सभामा २ सय ९० जना बस्न मिल्ने छ । आधारभूत संरचनाको काम धेरै सकिएको छ । अब फिनिसिङको काम शुरु भएको छ ।
बन्दै गरेको संघीय संसद भवन अन्तर्राष्ट्रियस्तरको हुनेछ भने बाहिरी आवरणमा नेपालको मौलिकता झल्कने छ ।
भवनको अवलोकनमा पुगेका सभामुख अग्नी प्रसाद सापकोटाले अच्च प्राथामिकताका साथ सक्दो छिटो निर्माणको काम सक्न आग्रह गर्नुभयो ।
नयाँ बानेश्वमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र वार्षिक १५ करोड रुपैयाँ भाडामा लिएर अहिले संसद बैठक बस्दै आएको छ । अहिलेकै गतिमा काम भए दुई वर्षमा सिंहदरवारभित्रै संसद बैठक बस्न सक्नेछ ।
प्रतिक्रिया