Main News

महन्थ ठाकुरको मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २० गते १८:०९
महन्थ ठाकुरको मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार (भिडियो रिपोर्टसहित)

२० साउन २०७८ काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

अध्यक्ष उपेन्द्र यादव समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध ठाकुरले रिट दायर गर्नुभएको थियो ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आयोगले राजनीतिक दल सम्बन्धी ऐनले निर्धारण गरेको प्रकृया अवलम्बन गर्दै आधिकारिकताको विवाद निरुपण गरेकाले अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो ।

निर्वाचन आयोगको निर्णय खारेजीको माग गर्दै ठाकुरले साउन १५ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

सर्वोच्चले अन्तरिम आदेश नदिएपछि निर्वाचन आयोगको निर्णयले कानुनी मान्यता समेत पाएको छ । यसले ठाकुर समूहलाई थप अप्ठेरोमा पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *