Political Hightlights

कांग्रेस पदाधिकारीे बैठक आज बस्दै

हिमालय टिभी
२०७८ साउन २० गते ८:५३
कांग्रेस पदाधिकारीे बैठक आज बस्दै

२० साउन २०७८ काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीे बैठक आज बस्दैछ ।

दिउँसो ३ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठक महाधिवेशनको विषयमा केन्द्रित रहने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

आजको बैठकमा क्रियाशील सदस्यता विवादका विषयमा छलफल हुने जनाइएको छ । यसअघि क्रियाशील सदस्यता छानबिन समितिले केही जिल्लाको सदस्यता विवाद समाधान गर्ने जिम्मा शीर्ष तहका नेताहरुलाई दिँदै प्रतिवेदन बुझाएको थियो ।

पार्टीको महाधिवेशन नजिकिए पनि सदस्यता विवाद समाधान हुन सकेको छैन । केही नेताहरुले स्थानीय अधिवेशन भदौ पहिलो साताबाट गर्ने गरी तयारी भइरहेको बताएका छन् ।

पार्टी नेतृत्वले भोलिसम्म क्रियाशील सदस्यताको सूचीलाई अन्तिम रुप दिने नेता मीन विश्वकर्माले बताउनुभयो ।

यसअघि कांग्रेसमा चार लाखभन्दा बढी नयाँ क्रियाशील सदस्य थपिएको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विवादकाबीच थपिएको क्रियाशील सदस्यसङ्ख्या स्वीकार गर्न नसकिने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्