Main News
लुम्बिनी प्रदेश सांसद विमलाकुमारी खत्री वली एमालेमै फिर्ता (भिडियो रिपोर्टसहित)
२०७८ साउन १८ गते १७:१४
१८ साउन २०७८ काठमाडौं । लुम्बिनी प्रदेश सभाकी सांसद विमलाकुमारी खत्री वलीले आफू नेकपा एमालेमा रहेको भन्दै प्रेस विज्ञप्ति निकाल्नुभएको छ ।
गत वैशाखमा रोजेको दल नेकपा माओवादी केन्द्रले वलीको हस्ताक्षरसहित नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखलाई समावेदन बुझाएको केहीबेरमा वलीको प्रेस विज्ञप्ति सार्वजनिक भएको हो ।
दाङ क्षेत्र नम्बर ३ (क) बाट उपनिर्वाचनमा निर्वाचित वलीले गत वैशाखमा आफुले राजी खुसी माओवादी केन्द्र रोजेको भन्दै पत्रकार सम्मेलन गर्नुभएको थियो ।
नेकपा पार्टीको नाम र सुर्य चिन्हबाट चुनाव लडेकी विमलाले एमाले र माओवादी केन्द्र अलग भएपछि वैशाखमा माओवादी केन्द्र रोज्नुभएको थियो ।
प्रतिक्रिया