Main News

प्रचण्डका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको मुख्यमन्त्री पोखरेलको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १८ गते १४:५२
प्रचण्डका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको मुख्यमन्त्री पोखरेलको आरोप (भिडियो रिपोर्टसहित)

१८ साउन २०७८ बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको आरोप लगाउनु भएको छ ।

बुटवलमा आज जिउँदा जीवराज नामक वृत्तचित्र सार्वजनिक गर्दै मुख्ममन्त्री पोखरेलले प्रचण्डको अवसरवाद, अस्थिरता र महत्वाकांक्षाका कारण देशमा राजनीतिमा संकट आएको दाबी गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले पछिल्लो पटक तयार भएका विकासका आधारशिला पूरा गर्न सके प्रचण्डबिनाको वामपन्थी एकता कायम गर्न सकिने बताउनुभयो ।

पोखरेलले जीवराज आश्तिले गरेको त्याग र योगदान पार्टीभित्र अहिले ल्याएइएको कचिंगलका लागि नभएको पनि उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *