Political Hightlights

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता नेपालबीच भेटवार्ता

हिमालय टिभी
२०७८ साउन १७ गते १३:१४
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता नेपालबीच भेटवार्ता

१७ साउन २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच आज बिहान भेटवार्ता भएको छ ।

आफ्ना नेताहरुसँग ललितपुर हरिसिद्धिस्थित नारायणकाजी श्रेष्ठको निवासमा बैठक बसेपछि अध्यक्ष प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वर पुग्नु भएको थियो ।

मन्त्रिपरिषद विस्तारका विषयमा प्रचण्ड र नेपालबीच छलफल भएको बुझिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दूरी बढिरहेका बेला नेता नेपाल पक्षले भने सरकारमा जाने नजाने टुंगो लगाउन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्