Main News

तुइनबाट खसेर नेपाली युवक बेपत्ता भएको घटनामा एसएसबीको संलग्नता नरहेको भारतको दाबी

हिमालय टिभी
२०७८ साउन १७ गते ८:३१
तुइनबाट खसेर नेपाली युवक बेपत्ता भएको घटनामा एसएसबीको संलग्नता नरहेको भारतको दाबी

१७ साउन २०७८ काठमाडौं । महाकाली नदीमा तुइनबाट युवक खसेर बेपत्ता भएको घटनामा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ ।

भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले हिजो दार्चुुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई पत्र पठाउँदै सार्वजनिक भए जस्तो एसएसबीको संलग्नता नरहेको दाबी गरेका हुन् ।

शुुक्रबार नेपाली पक्षले गरेको पत्राचारका आधारमा पिथौरागढका जिल्ला अधिकारीले लिखित जवाफ पठाएका हुन् ।

प्रमुुख जिल्ला अधिकारी जोशीले भारतीय पक्षले घटना भएको बेला एसएसबी मालघाट क्षेत्रमा ड्युटीमा खटिएको कुरा भने साँचो भएको जिल्ला अधिकारी आनन्दस्वरुपले पत्रमा उल्लेख गरेको जानकारी दिनुभयो ।

घटनापछि युुवकको खोजी कार्यमा नेपाली पक्षलाई सघाउन भारतले एसएसबीको टोली समेत महाकाली नदीमा परिचालन गरेको जनाएको छ । पिथौरागढका जिल्ला अधिकारीले पठाएको पत्र प्रमुख जिल्ला अधिकारी जोशीले हिजो नै गृह मन्त्रालयमा पठाइसक्नु भएको छ ।

शुुक्रबार बिहान भारतीय भूूमिबाट सदरमुुकाम खलंगा आउने बेला व्याँस गाउँपालिका–२ स्थित मालघाटमा तुुइन तर्ने क्रममा सोही गाउँपालिकाको मालका जयसिंह धामी खसेर नदीमा बेपत्ता हुनुभएको थियो ।

प्रत्यक्षदर्शीले भारतीय एसएसबीले तुुइनको डोरी निकालेपछि धामी नदीमा खसेर बेपत्ता भएको बताएपछि स्थानीय प्रशासनले शुुक्रबार भारतीय जिल्ला अधिकारीको कार्यालयलाई पत्राचार गर्दै घटनाको छानविन गरेर सहयोग गरिदिन आग्रह गरेको थियो ।

जयसिंहलाई तुुइनमा राखेर नदी पार गराएको बताउने व्याँसकै कल्यानसिंह धामीले समेत एसएसबीले रुखमा बाँधिएको डोरी निकालेपछि उनी नदीमा खसेको बताएका छन् । घटनाको छानविनका लागि गृह मन्त्रालयले समेत टोली गठन गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *