Main News

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता

हिमालय टिभी
२०७८ साउन १६ गते १३:०४
प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता

१६ साउन २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान करिब आधा घण्टा छलफल भएको हो । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार उहाँहरुबीच मन्त्रिपरिषद् विस्तार र समसामयिक विषय छलफल भएको थियो ।

गत असार २९ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सक्नु भएको छैन । २५ सदस्यीय मन्त्रिपरिषदमा अहिलेसम्म कांग्रेसबाट २ मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रबाट दुई मन्त्री मात्र नियुक्त भएका छन् ।

कांग्रेस, माओवादी, जसपा, माधवकुमार नेपाल समूह र जनमोर्चा सम्मिलित गठबन्धनबाट देउवालाई मन्त्री छान्न सकस परेको छ । जनमोर्चाले सरकारमा नजाने बताइसकेको छ भने नेपाल समूहले ठोस निर्णय गरिसकेको छैन । कांग्रेस, माओवादी र जसपामा भने मन्त्री बन्न हानथाप छ ।

भोलिसम्म नेपाल समूहबाट सरकारका सन्दर्भमा निर्णय आउने प्रचण्डको भनाइ थियो । जतिसक्दो चाँडो मन्त्रिपरिषद विस्तार गर्ने विषयमा देउवा र प्रचण्ड दुबै सहमत हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *