Main News

निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरद्वारा सर्वोच्चमा रिट दायर

हिमालय टिभी
२०७८ साउन १५ गते १८:३७
निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरद्वारा सर्वोच्चमा रिट दायर

१५ साउन २०७८ काठमाडौं । जनता समाजवादी पार्टी जसपाको आधिकारिकता उपेन्द्र यादवबाबुराम भट्टराई समूहलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरले सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको छ ।

आयोगको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भइ पार्टीको केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुने ठाकुरको निवेदनमा उल्लेख छ । ठाकुरले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म आयोगको निर्णय कार्यान्वयन नगर्नु–नगराउनु भनी अन्तरिम आदेश जारीको माग गर्नु भएको छ ।

साउन ११ गते निर्वाचन आयोगले यादव–भट्टराई समूहलाई जसपाको आधिकारिकता दिएको थियो । आयोगमा सदस्यको सनाखत गरेपछि बहुमत रहेको भन्दै आयोगको पाँच सदस्यीय इजलासले यादव–भट्टराई समूहलाई आधिकारिकता दिएको हो ।

रिटको पेसी पर्सिका लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

यसअघि ठाकुरले निर्वाचन आयोगले थालेको ‘हेड काउन्ट’ रोक्न माग गर्दै साउन ८ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । यो मुद्दा पनि अदालतमा विचाराधिन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *