वर्तमान सरकारलाई गल्ती गर्ने कुनै छुट नभएको सांसद थापाको चेतावनी (भिडियो रिपोर्टसहित)

१५ साउन २०७८ काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले अहिलेको सरकारलाई गल्ती गर्ने कुनै पनि छुट नभएको बताउनु भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले कुनै पनि ‘एक्सक्यूज’ नपाउने भन्दै कहिँकतै नचुक्न आग्रह गर्नु भयो ।
विपी कोइराला प्रतिष्ठान, खाँडदेवी गाउँपालिकाले गरेको कार्यक्रममा थापाले सरकार कस्तो हुन्छ भनेर नागरिकले अनुभुति गर्ने गरी काम गर्न सुझाव दिनुभयो ।
नेता थापाले सरकारलाई सफल बनाउन सिंगो पार्टीले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै उहाँले पार्टीको १४ औं महाधिवेशनको मिति तलमाथि नगर्न पार्टी नेतृत्वलाई दवाव समेत दिनुभयो ।
पूर्वनिर्धारित मिति भदौ १६ गते पार्टीको महाधिवेशन हुनु पर्ने उहाँको माग छ । नेता थापाले पार्टीको क्रियाशील सदस्यता सम्बन्धि विवाद समाधान गर्ने थलो पार्टीको पदाधिकारी र पूर्व पदाधिकारी बैठक नभएको पनि स्पष्ट पार्नु भयो ।
पार्टीको विधानले केन्द्रिय कार्य समितिबाट सदस्यता विवाद समाधान गर्नुपर्ने व्यवस्था गरेको भए पार्टी नेतृत्व विधान अनुसार चल्न नसकेको आरोप उहाँले लगाउनुभयो ।
प्रतिक्रिया